कोका–कोला फाउन्डेशनद्वारा अक्सिजन उत्पादनका लागि सहयोग

2021-06-04
कोका–कोला फाउन्डेशनद्वारा अक्सिजन उत्पादनका लागि सहयोग

काठमाण्डौ । कोका–कोला फाउन्डेशनले अक्सिजन उत्पादन गर्ने युनिटको स्थापना गर्न क्रियसनलाई सहयोग गरेको छ । 

यो युनिट कोभिड–१९ को बढ्दो बिरामीहरुको लागि सबैभन्दा महत्वपूर्ण चिकित्सा उपकरणहरु मध्यको एक भएको कम्पनीले बताएको छ । 

सहयोग रकम कोका–कोला फाउन्डेशनले नेपाल रेडक्रस सोसाइटीलाई भ्याक्सिनेशन एक्सेस इनिसिएटिभ, सार्वजनिक खोप जागरुकता र फ्रन्टलाइन वर्कर र भल्नेरेबल जनशक्तिलाई पर्शनल प्रोटेक्टिभ इक्विपमेन्टका लागि प्रदान गरेको हो ।

यो दुवै सडक र हवाईद्वारा परिवहन योग्य रहेका  र यसलाई चाँडै स्थापना गर्न सकिने कम्पनीले बताएको छ । यी युनिटहरु नेपालका धेरै अस्पतालहरुमा स्थापित भइसकेका हुनाले यसमा अरु नियामक समस्याहरु पनि पैदा हुने छैन । 

प्रत्येक युनिटले दिनमा ५० बेड र १५ सिलिन्डर सम्म केटर गर्न सक्छ र यसबाट जीवन बचाउने ग्यासको अभाव पूरा गर्ने अपेक्षा राखिएको छ । फ्रान्समा आधारित मेडिकल उपकरण निर्माण कम्पनी नोभएयरले व्रिmयसन र यसका कन्सोर्टियम पार्टनरहरुको साथमा १० वटा युनिटहरुको माग गरिसकेको समेत कम्पनीले जनाएको छ ।


Share this with your friends: