काठमाण्डौ । आउँदै गरेको तिहारमा तीन दिन बैंकका सबै शाखा बन्द हुने भएका छन्। बैंकका शाखाहरु बन्द रहने भएतापनि एटीएमहरु भने सञ्चालनमा रहने नेपाल बैंकर्स संघले जनाएको छ।
नेपाल बैंकर्स संघका अनुसार तिहारमा कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म बैंकका शाखाहरु बन्द रहनेछन्। बैंकका कर्मचारीहरुमा कोरोना संक्रमण बढ्न थालेपछि तिहारका बेला ३ दिन शाखाहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको संघले जनाएको छ।
यसअघि दसैँ र तिहारका बेला हरेक दिन बैंकका निश्चित शाखाहरु खुला रहने गरेकोमा यसपटक भने कोरोना महामारीका कारण कर्मचारीहरुमै संक्रमण बढ्न थालेपछि शाखाहरु बन्द गरी ग्राहकहरुलाई डिजिटल सेवा उपयोग गर्न प्रोत्साहन गर्न बैंकहरुलाई सुझाव दिइएको संघले जनाएको छ।