काठमाण्डौ। प्रधानमन्त्रीको आर्थिक सल्लाहकार तथा पूर्वअर्थमन्त्री युवराज खतिवडालाई नेपाल सरकारले अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडालाई राजदूतमा नियुक्त गर्ने सिफारिस गरेको हो। यसअघि उनलाई अर्थमन्त्री पदबाट बाहिरीएपछि मन्त्री सरहको सुविधा सहित प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त गरिएको थियो।
प्रधानमन्त्रीको आर्थिक सल्लाहकारबाट छलाङ मार्दे अहिले खतिवडा परराष्ट्र नितिमा महत्वपूर्ण मानिने अमेरिकाको लागि सिफारिस गरिएका हुन्।