खल्तीबाट ‘मेरो सेयर’ नवीकरण गर्दा शुल्क नलाग्ने

2022-02-18
खल्तीबाट ‘मेरो सेयर’ नवीकरण गर्दा शुल्क नलाग्ने

काठमाण्डौ । खल्ती डिजिटल वालेटले निःशुल्क मेरो शेयर खाता नवीकरण अफर ल्याएको छ । यो अफर अन्तर्गत मेरो शेयर खाता नवीकरण गर्न छुटेकाहरूले मात्र होइन, नवीकरण गरिसकेकाहरूले पनि अर्को वर्षको नविकरण गर्न सक्नेछन्।

प्रयोगकर्ताले मेरो शेयर खाता नवीकरणको लागि रु। ५० शुल्क लाग्ने गरेको छ । यस अफरअन्तर्गत खल्ती मार्फत भुक्तानी गर्दा भने १०० प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नेछन्। 

यसमा अधिकतम क्यासब्याक १ वर्षको नविकरण रहेको छ, तर  प्रयोगकर्ताहरूले आगामी पाँच वर्ष सम्मको लागि नै आफ्नो अकाउन्ट नवीकरण गर्न सक्नेछन् । प्रत्येक खल्ती आइडीले यो अफर एकपटक मात्र लिन सक्नेछन्।  यो अफर चैत २, २०७८ गते सम्म लागू हुने कम्पनीले जनाएको छ । 

यस सेवाको बारेमा थप जानकारी दिँदै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “यसले धेरै सम्भावित लगानीकर्तालाई शेयर बजारमा प्रवेश गर्न पक्कै प्रोत्साहन दिने विश्वास लिएको छु। 

‘खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । २० लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६०,००० भन्दा बढी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ। 


Share this with your friends: