काठमाण्डौ । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)को आजको निर्णयअनुसार कम्पनीको सेयर कारोबार रोक्का गरिएको हो।
कम्पनीले वित्तीय विवरणहरु सार्वजनिक नगरेको भन्दै कम्पनीको सेयर कारोबार रोक्का गरिएको हो। नेप्सेले कम्पनीले धितोपत्र सूचिकरण विनियमावली २०७५ को विनियम २२(१) क मा भएको व्यवस्था बमोजिम वित्तिय विवरणहरु नेप्सेमा पेश गरेको नपाइएकाले धितोपत्र विनियमावलीको विनियम १६(१)(घ) मा भएको व्यवस्था बमोजिम कम्पनीको सेयर कारोबार रोक्का गरिएको जनाएको छ।