काठमाण्डौ । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर कारोबार फुकुवा गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)को जेठ ३० गतेको निर्णयबमोजिम कम्पनीको सेयर कारोबार फुुकुवा गरिएको हो।
कम्पनीले गत जेठ २६ गते कम्पनी लगइन बाट नेप्सेको वेभसाइटमा लगानीकर्ता र सरोकारवाला निकायहरुले अध्ययन गर्न सक्ने गरी कम्पनीको वित्तीय विवरणहरु अपलोड गरी रोक्का राखिएको कारोबार फुकुवा गर्न पत्र लेखेकाले कम्पनीको दोस्रो बजार कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ।
नेप्सेले कम्पनीको वित्तीय विवरणहरु समयमै नेप्सेको कम्पनी लगइन बाट वेभसाइटमा अपलोड गर्न सचेत गराउँदै कम्पनीको सेयर कारोबार फुुुकुवा गरिएको जनाएको छ।
वित्तीय विवरणहरु सार्वजनिक नगरेको भन्दै नेप्सेले गत जेठ २० गतेदेखि कम्पनीको दोस्रो बजार कारोबार रोक्का राखेको थियो।