काठमाण्डौ । खानी खोला हाईड्रोपावर कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु गर्नका लागि प्रभु क्यालिटललाई कम्पनीको सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
यससँगै अब कम्पनीको धितोपत्र सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी रोक्का राख्ने लगायतका सेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने सम्बन्धि सम्पूर्ण कार्य प्रभु क्यापिटलले गर्नेछ ।