खानी खोला हाइड्रोपावरद्वारा तीन आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक आह्वान

2021-12-17
खानी खोला हाइड्रोपावरद्वारा तीन आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक आह्वान

काठमाण्डौ । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले तीन आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डाकेको छ। कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले ७ औँ, ८ औँ र ९ वौँ वार्षिक साधारण सभा डा एकैपटक डाकेको हो। 

बैठकले आगामी पुस ३० गते शुक्रबारका दिन कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १०ः३० बजे भर्चुअल माध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व २०७५/७६, २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व २०७५/७६, २०७६/७७ र २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरीश्र पारित गरिनुका साथै आ.व २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ। 


Share this with your friends: