खाली ग्यास भरेर राख्न उपभोक्तालाई आग्रह

2021-04-25
खाली ग्यास भरेर राख्न उपभोक्तालाई आग्रह

काठमाण्डौ । नेपाल एलपी ग्यास उद्योग सङ्घले खाली सिलिन्डर भरेर राख्न आम उपभोक्तालाई अनुरोध गरेको छ । कोरोना महामारी बढ्दै गएको र यसका कारण आपूर्ति व्यवस्थामा असहज परिस्थिति आउनसक्ने भन्दै घरमा रहेका खाली सिलिन्डर भर्न संघले अनुरोध गरेको हो । 

नेपालले ग्यास आयात गर्ने भारतमा कोरोनाको दोस्रो लहर फैलिएको छ । जसका कारण दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या हुनसक्ने भएकाले उपभोक्तालाई सचेत गराइएको सङ्घले जनाएको छ । नेपाल आयल निगमले पनि ग्यासको अभाव हुन नदिनलाई पूर्ण क्षमतामा भण्डारण गर्न ग्यास उद्योगीलाई पत्राचार गरिसकेको छ ।

हाल नेपालभर दैनिक एक लाख सिलिन्डर ग्यासको माग रहेको छ । जसअनुसार दैनिक १४ सय मेट्रिक टन ग्यास बिक्री हुन्छ । उद्योगीसँग हाल १५ हजार मेट्रिक टन एलपी ग्यास भण्डारण छ । 


Share this with your friends: