गरिमा विकास बैंकका ग्राहकलाई ल्यान्डमार्क होटेल्स रिर्सोटमा ३५% सम्मको छुट

2021-09-07
गरिमा विकास बैंकका ग्राहकलाई ल्यान्डमार्क होटेल्स रिर्सोटमा ३५% सम्मको छुट

काठमाण्डौ । गरिमा विकास बैंकका ग्राहकले चेन होटेल ल्यान्डमार्क होटेल्स रिर्सोट एन्ड स्पामा आकर्षक छुट पाउने भएका छन्।

आन्तरिक पर्यटनलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्नुका साथै आफ्ना ग्राहकलाई थप सुविधाहरु प्रदान गर्नका लागि गरिमा विकास बैंकले ल्यान्डमार्क होटेल्स रिर्सोटसँग छुट सम्झौता गरेको हो। सम्झौताअनुसार गरिमा विकास बैंकका ग्राहकले ल्यान्डमार्क होटेल्समा डिलक्स रुममा ३५% छुट, फुड एन्ड बेभरेजमा १५% छुट साथै अन्य सेवासुविधामा आर्कषक छुट पाउनेछन्। 

गरिमा विकास बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहकले काठमाण्डौ, पोखरा र चितवनमा रहेको ल्यान्डमार्क होटेलबाट उल्लेखित छुट सुविधाहरु लिन सक्नेछन् ।  

हाल गरिमा विकास बैंकले १०६ शाखा कार्यालय र ५१ एटीएमबाट आफ्ना ग्राहकलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ। 


Share this with your friends: