काठमाण्डौ । गरिमा विकास बैंकका ग्राहकले बनेपास्थित ‘आगन्तुक रिर्सोट’मा २३ प्रतिशतसम्म छुट पाउने भएका छन्।
गरिमा विकास बैंकले आगन्तुक रिसोर्टसँग आफ्ना ग्राहकलाई विभिन्न सेवासुविधामा आकर्षक छुटसम्बन्धी सम्झौता गरेको हो। जसअनुसार गरिमा विकास बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले रिसोर्टको रुममा २३% र फुड एन्ड वेभरेजमा १४% छुट पाउने छन्।
यसका साथै द एभरेस्ट होटेलसँग पनि गरिमा विकास बैंकले पुरानो सम्झौतालाई परिमार्जित गर्दै होटलको रुम, फुड एन्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा समान १५५ छुटसम्बन्धी सम्झौता गरेको छ।