काठमाण्डौ । गरिमा विकास बैंकले काठमाण्डौको विशालनगरमा रहेको एरोगिन हेल्थ केयर एन्ड रिसर्च सेन्टरसँग सम्झौता गरेको छ । सम्झौताबमोजिम गरिमा बैंकका ग्राहकले एरोगिन हेल्थ केयरबाट सेवा लिँदा विशेष छुट पाउने भएका छन्।
बैंकद्वारा विज्ञप्तिअनुसार बैंकका डेबिट कार्ड र गरिमा स्मार्ट प्रयोगकर्ताले एरोगिन हेल्थ केयरको सेवासुविधामा निम्नानुसार छुट सुविधा पाउन सक्ने छन्–
१. हेयर ट्रान्सप्लान्ट स् २५% देखि ४०%सम्मको छुट.
२. स्किन एन्ड लेजर ट्रिटमेन्ट स् ३०%
३. हेयर फल ट्रिटमेन्ट स् २५%
४.डेन्टल ट्रिटमेन्ट स् २०%
५. ल्याब ईन्भेस्टिगेसन स् १५%