काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा समूहमा गिरावट आएको छ। आज जीवन ५१९.४८ अंकले घट्दै १३१८४.७० को बिन्दुमा सीमित बन्यो। यसैगरी आज निर्जीवन बीमा समूह पनि २३८.४५ अंकले ओरालो लाग्दै ९३०२.४९ को बिन्दुमा सीमित बन्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनी परे। आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ४.७९ प्रतिशतले घट्दै प्रतिकित्ता २२२८ रुपैयाँमा झर्यो। त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य पनि ४.५८ प्रतिशतले घट्दै प्रतिकित्ता १३१३ रुपैयाँ कायम भयो।
बजारमा अरु के–के भयो
आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। आज परिसूचक ३९.९८ अंकले घट्दै १९९८.६५ को बिन्दुमा सीमित बन्यो। यो दिन बजारमा २०४ कम्पनीका ७८ लाख ६९ हजार ०१२ कित्ता सेयर ४ अर्ब ४३ करोड ४१ लाख ५४ हजार ५९० रुपैयाँमा किनबेच भयो।
आज बजारमा १२ वटै समूहमा गिरावट आयो। बैंकिङ समूह २३.१२ अंकले घटेको आज व्यापार ७.३१, होटल ९३.११, विकास बैंक १०.२९, हाइड्रोपावर ३०.६९, वित्त ५.०३, उत्पादन तथा प्रशोधन ४६.०४, अन्य ४३.१७, लघुवित्त ४१.८५ र म्युचुअल फन्ड ०.०५ अंकले घटे।
आज नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक बढ्यो। यो बैंकको सेयरमूल्य ९.८१ प्रतिशतले बढ्दै प्रतिकित्ता ४१४ रुपैयाँ कायम भयो। त्यस्तै आशा लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ५.०६, सबैको लघुवित्त ४.८९, समिट लघुवित्त २.२५ र सूर्योदय लघुवित्तको सेयरमूल्य २.१० प्रतिशतले बढ्यो।
आज विशाल बजार कम्पनी लिमिटेडको सेयरमूल्यमा सर्वाधिक ५.५४ प्रतिशतको गिरावट आयो। त्यसै सोल्टी होटल ५.३७, नेपाल लाइफ ४.९६ नेपाल हाइड्रो डेभलपर्स ४.६४ र ओरियन्टल होटलको सेयरमूल्यमा ४.५० प्रतिशतको गिरावट आयो।
आज नेपाल लाइफ इन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भयो। आज नेपाल लाइफको ६८ करोड ७९ लाख, नबिल बैंक ४० करोड ४९ लाख, एनआईसी एशिया बैंक २६ करोड ८५ लाख, नेपाल पुनर्बीमा २५ करोड ६४ लाख र सीआईटीको १९ करोड ७५ लाख बढीको कारोबार भयो।