काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक ११९.७९ अंकले घट्दै १४०१६.६९ अंकमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि ४४.९९ अंकले घट्दै १७०९०.७६ बिन्दुमा झर्यो। आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।
त्यस्तै आज सबेभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा नेपाल इन्स्योरेन्स कम्पनी पर्यो। आज नेपाल इन्स्योरेन्सको सेयरमूल्यमा ३.२७ प्रतिशतले घट्दै प्रतिकित्ता ११२५ रुपैयाँ कायम भयो।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा सामान्य गिरावट आयो। परिसूचक ८.४८ अंकले घट्दै २८३४.५१ को बिन्दुमा सीमित भयो। यो दिन बजारमा २२४ कम्पनीका १ करोड ८ लाख ४२ हजार २२१ कित्ता सेयर ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार २५७ रुपैयाँमा किनबेच भयो।
आज बजारमा तीनवटा समूह बाहेक अन्य सबै समूहमा गिरावट आयो। आज सबैभन्दा धेरै वृद्धि होटल एण्ड टुरिजम समूहमा भयो। यो समूह ८६.३८ अंकले बढ्यो। त्यस्तै अन्य समूह १५.०१ र म्युचुअल फन्ड ०.०२ अंकले बढ्यो।
बैंकिङ समूह ६.९ अंकले घटेको आज व्यापार १७.६२, विकास बैंक ४५.४६, हाइड्रो ३.३५, वित्त ३९.२६, उत्पादन तथा प्रशोधन २४.४२, लघुवित्त २५.८६ र लगानी समूह ०.४५ अंकले घट्यो।
आज ओरियन्टल होटलको सेयरमूल्यमा सर्वाधिक अर्थात ८.४७ प्रतिशतको बढोत्तरी आयो। यस्तै सिईडिबि हाइड्रोपावरको सेयरमूल्य ७.२५, कर्पोरेट डेभलपमेन्ट बैंक ६.१६ र नेपाल फाइनान्सको सेयरमूल्य ४.०३ प्रतिशतले बढ्यो।
आज पोखरा फाइनान्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ४.४७ प्रतिशतले घट्यो।
यो दिन नेपाल इन्स्योरेनसको सर्वाधिक सेयर कारोबार भयो। आज कम्पनीको २१ करोड ५७ लाख बढीको कारोबार भयो भने नेपाल टेलिकमको १९ करोड ४६ लाख र अपर तामाकोशीको १६ करोड २४ लाख बढीको कारोबार भयो।