काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडको १ करोड ७ लाख ५० हजार बढी कित्ता सेयर आज(सोमबार)नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचिकृत भएको छ।
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडको कुल १ करोड ७ लाख ५८ हजार २०१ कित्ता सेयर सूचीकृत भएको हो।
गुराँस लाइफ इन्स्योरेन्सको ९३ लाख ४५ हजार २०० कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ। त्यस्तै तिनाउ मिसन डेभलपमेन्ट बैंकको १३ लाख ७३ हजार १.७५ कित्ता सेयर सूचीकृत भएको छ।