गुराँस लघुवित्तले लाभांस वितरण नगर्ने

2020-11-08
गुराँस लघुवित्तले लाभांस वितरण नगर्ने

काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरण नगर्ने भएको छ। संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांस प्रदान नगर्ने निर्णय गरेको हो। 

संस्थाको उक्त बैठकले २०७७ असार ३१ गतेको वासलात र २०७६ साउन १ गतेदेखि २०७७ असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित सम्पूर्ण अनुसूचीहरु अनुमोदनका लागि आगामी  वार्षिक साधारणसभामा पेस गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको छ। 

 


Share this with your friends: