काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। नेप्सेमा आज कम्पनीको ५.२५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो।
कम्पनीले आर्थिक वर्ष २०७४/७५ का लागि वितरण गरेको ५.२५ प्रतिशत बोनस सेयर अर्थात ९ लाख ८५ हजार ४४६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।