गुराँस लाइफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेखमा ५०% छुटको व्यवस्था

2021-01-17
गुराँस लाइफ इन्स्योरेन्सद्वारा व्यतित बीमालेखमा ५०% छुटको व्यवस्था

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा बिलम्ब शूल्क(ब्याज) छुटको व्यवस्था गरेको छ। कम्पनीले व्यतित बीमालेख नविकरण(पूर्नजागरण) गर्दा माघ ४ गतेदेखि माघ २८ गतेसम्म छुटको व्यवस्था गरेको जनाएको छ। 

कम्पनीले बीमितहरुको मागलाई मध्यनजर गर्दै कम्पनीबाट जारी भएका र विभिन्न कारणले बीमाशुल्क तिर्न बाँकि भई म्याद नाघेका व्यतित बीमालेख नविकरण गर्दा ५० प्रतिशत विलम्ब छुटको व्यवस्था गरेको छ। सन् २०२१ मा परिपक्व हुने बीमालेखहरुमा भने यो छुटको व्यवस्था नहुने कम्पनीले स्पष्ट पारेको छ। 

यस सम्बन्धी विस्तृत जानकारीका लागि नजिकको क्षेत्रिय शाखा, तथा उप शाखा कार्यालयमा सम्पर्क राख्न कम्पनीले अनुरोध गरेको छ। 

 


Share this with your friends: