गुराँस लघुवित्तका सञ्चालकहरुको पदावधि थप

2021-04-08
गुराँस लघुवित्तका सञ्चालकहरुको पदावधि थप

काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालकहरुको पदावधि थप गरिएको छ। संस्थाका संस्थापक समूह तर्फका सञ्चालकहरु उदयनारायण बराल, कृष्णप्रसाद गौतम, राजुप्रसाद अधिकारी र विजय कुमार दाहालको पदावधि थप गरिएको हो। 

संस्थाको चैत २५ गते बसेको सञ्चालक समितिको बैठकले उल्लेखित चार जना सञ्चालकहरुको पदावधि थप गरेको हो। यी चार सञ्चालकहरु २०७३ चैत २८ गते सम्पन्न पहिलो वार्षिक साधारण सभाबाट संस्थापक समूह तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन्। चारै जना सञ्चालकको पदावधि यहि चैत २८ गते समाप्त हुने भएकाले आगामी वार्षिक साधारण सभा नभएसम्मका लागि सञ्चालकहरुको म्याद थप गर्ने निर्णय गरिएको संस्थाले जनाएको छ। 

 


Share this with your friends: