गुराँस लाइफ इन्स्योरेन्स १४ औँ वर्षमा प्रवेश

2021-05-31
गुराँस लाइफ इन्स्योरेन्स १४ औँ वर्षमा प्रवेश

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड १४ औँ वर्षमा प्रवेश गरेको छ। वि.स २०६४ चैत १८ गते बीमा व्यवसाय गर्ने अनुमति प्राप्त गरेसँगै २०६५ जेठ १७ गतेबाट कारोबारको थालनी गरेको कम्पनीले आफनो स्थापनाको १३ औँ वर्ष सफलतापूर्वक पार गर्दै १४ औँ वर्षमा प्रवेश गरेको हो। 

कम्पनीले आफ्नो वार्षिकोत्सवका अवसरमा कम्पनीलाई जीवन बीमा क्षेत्रमा अब्बल कम्पनीका रुपमा स्थापित गराउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने सम्पुर्ण बीमितहरु, अभिकर्ताहरु तथा शुभेच्छुकहरुमा कृतज्ञता व्यक्त गरेको छ । यस्तै यस अवधिमा मार्गदर्शन गर्ने नियमनकारी निकायहरु बीमा समिति, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, कम्पनी रजिष्ट्रारको कार्यालय तथा शेयरधनीहरु, शेयर रजिष्ट्रार एवं सम्पुर्ण कर्मचारी र सरोकारवालाहरुमा हार्दिक आभार प्रकट  गर्दै कम्पनीबाट प्रवाह गरिने सेवाहरु थप सरल विश्वसनिय एवं मर्यादित बनाउने प्रतिवद्धता व्यक्त गरेको छ ।


Share this with your friends: