गुराँस लाइफ इन्स्योरेन्सको बीमाशुल्क आर्जन ६५.१८%ले बढ्यो, मुनाफा २७.७७%ले वृद्धि

2021-08-19
गुराँस लाइफ इन्स्योरेन्सको बीमाशुल्क आर्जन ६५.१८%ले बढ्यो, मुनाफा २७.७७%ले वृद्धि

काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा ३ अर्ब ६३ करोड ६८ लाख ४१ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ६५.१८ प्रतिशतले धेरै हो। अघिल्लो आ.वको चौथो त्रैमाससम्ममा कम्पनीले २ अर्ब २० करोड १७ लाख ३ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ८५ करोड ७० लाख १७ हजार रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको चौथो त्रैमाससम्ममा यो रकम ६५ करोड ८६ लाख ७८ हजार रुपैयाँमा सीमित थियो। त्यस्तै समीक्षा अवधिमा कम्पनीले ६६ करोड २७ लाख ४५ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ५१ करोड १३ लाख २८ हजार रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीले खुद नाफा बढाएको छ। चौथो त्रैमासको अन्त्यसम्म कम्पनी १२ करोड १३ लाख ७५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा २७.७७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ९ करोड ४९ लाख ९६ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्ममा अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यवस्थापन खर्च बढेको छ।

कम्पनीको व्यवस्थापन खर्च ५० करोड ५४ लाख ३९ हजार रुपैयाँ छ। अघिल्लो वर्ष कम्पनीको व्यवस्थापन खर्च ३१ करोड ५५ लाख १० हजार रुपैयाँ थियो। त्यस्तै समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार बढेर १० अर्ब ५९ करोड ३९ लाख २१ हजार रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा ३८.२९ प्रतिशतले बढी हो।

अघिल्लो वर्ष कम्पनीको जीवन बीमा कोषको आकार ७ अर्ब ६६ करोड १ लाख ८ हजार रुपैयाँमा सीमित थियो। अघिल्लो वर्ष ३७ करोड ६४ लाख ५५ हजार रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार बढेर ५३ करोड ८४ लाख ८८ हजार रुपैयाँको उचाइमा पुगेको छ। 

यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ६.१४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३०.१७ पीई अनुपात १२३.५४ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७२१.३६ रुपैयाँ रहेको छ । 


Share this with your friends: