काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले लाभांस प्रस्ताव गरेको छ। कम्पनीको हिजो(मंसिर २४ गते) बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो।
बैठकले ८ प्रतिशत बोनस सेयर र ३.४० प्रतिशत नगद लाभांस गरी कुल ११.४० प्रतिशत लाभांसको वितरणको प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांसमा २०७७ सम्म कायम चुक्तापुँजि रु. असी करोडको ८ प्रतिशतले हुन आउने ६ करोड ४० लाख रुपैयाँ बोनस सेयर र ३.४० प्रतिशतले हुन आउने २ करोड ७२ लाख रुपैयाँ नगद लाभांस(कर प्रयोजनका लागि समेत) रहेका छन्।
प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त भएपति तथा संस्थाको आगामी १९ औँ वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ।