ग्रामिण विकास लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

2021-07-30
ग्रामिण विकास लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको साउन ९ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको छैठौँ वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी भदौ ५ गते शनिबारका दिन संस्थाको प्रधान कार्यालय बुटवलमा बिहान ११ बजे विद्युतीय÷भर्चुअलमाध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको छ । 

उक्त सभामा ग्रामिण विकास लघुवित्त र अन्य कुनै लघुवित्त एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि मर्जर समिति गठन गर्ने, उपयुक्त लघुवित्तको पहिचान गर्ने र यससँग सम्बन्धित अन्य सबै कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

यस्तै सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आ.व २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व २०७६/७७ को वित्तीय विवरण, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनेछ । 

सभामा आर्थिक वर्ष २०७६÷७७ को लेखापरीक्षणका लागि गरिएको लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारणलाई अनुमोदन गरिनेछ । 

यसैगरी संस्थापक समूह क अन्तगर्त दुई जना र सर्वसाधारण समूह(ख)अन्तर्गत निर्वाचित हुने दुई जना सञ्चालकको चयन गर्ने प्रस्ताव पारित गरिनेछ । 


Share this with your friends: