ग्रिन भेन्चर्सको आईपीओ नेप्सेमा सूचीकृत,ओपनिङ रेञ्ज कति ?

2022-04-17
ग्रिन भेन्चर्सको आईपीओ नेप्सेमा सूचीकृत,ओपनिङ रेञ्ज कति ?

काठमाण्डौ। ग्रिन भेन्चर्स लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। नेप्सेमा संस्थाको आईपीओसहित ३ करोड १२ लाख ५० हजार कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो। 

नेप्से र कम्पनीबीच आज(वैशाख ४ गते) प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको ३ करोड १२ लाख ५० हजार कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो। कम्पनीले आम सर्वसाधारणका लागि वितरण गरेको ३१ लाख २५ हजार कित्ता, संस्थापक सेयरधनीहरुले लगानी गरेको २ करोड ५०  लाख कित्ता र उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरिएको ३१ लाख २५ हजार कित्ता गरी कुल ३ करोड १२ लाख ५० हजार कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो। 

नेप्सेले धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम वैशाख ४ गतेको निर्णयानुसार कम्पनीको सेयर सूचीकृत भएको जनाएको छ। 

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज प्रतिकित्ता ९१.८६ रुपैयाँदेखि २७५.५८ रुपैयाँ तोकेको छ। भोलिको प्रि ओपन सेसनमा यदि नेप्सेले तोकेको ओपनिङ रेञ्जभित्र कम्पनीको सेयर कारोबार भएमा कम्पनीको सेयर कारोबार नियमित समयमा सुचारु हुनेछ। नेप्सेले कम्पनीलाई जीभीएल संकत प्रदान गरेको छ ।  


Share this with your friends: