ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ निष्कासन आजदेखि

2021-02-05
ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ निष्कासन आज(माघ २३ गते)देखि खुला गरिएको छ । कम्पनीको ३४ करोड ९६ लाख मूल्य बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता सेयर आईपीओ निष्कासन खुला गरिएको हो ।  

कुल ३४ लाख ९६ हजार ४ सय कित्तामध्ये २ प्रतिशत अर्थात ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात १ लाख ७४ हजार ८२० कित्ता म्युचुअल फन्डका लागि छुट्याईएको छ। बाँकी रहेको ९३ प्रतिशत अर्थात ३२ लाख ५१ हजार ६५२ कित्ता भने आम सर्वसाधारणका लागि निष्कासन गरिएको हो। 
इच्छुक लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। यो आइएपीओमा माघ २७ गतेसम्म आवेदन दिनुपर्नेछ। यदि यो अवधिमा माग जति आवेदन नपरे आवेदनको मिति फागुन ०७ गतेसम्म थप गरिनेछ। 

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा बिओके क्यापिटल लिमिटेड रहेको छ। 

आईपीओ निष्कासन पश्चात सर्वसाधारणको स्वामित्व २० प्रतिशत९आयेजना प्रभावित क्षेत्रका वासिन्दा सहित० र संस्थापक सेयरधनीको ८० प्रतिशत पुग्नेछ। 

कम्पनीको बारेमा 

ग्रिनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेड सन् २००९ मा स्थापना भएको जलविद्युत कम्पनी हो। कम्पनीको स्थापना नेपालमा जलविद्युत योजनाहरु विकास, निर्माण तथा सञ्चालन गर्ने उदेश्यका साथ भएको हो। दोलखा जिल्लामा ४० मेगावाटको खानी खोला १ जलविद्युत योजना निर्माणका लागि यसलाई विभिन्न क्षेत्रका व्यक्तिगत तथा संस्थागत संस्थापकहरुले प्रबर्धन गरेका छन्। यो योजना दुई चरणमा निर्माण सम्पन्न हुने प्रस्ताव गरिएको छ। पहिलो चरण अन्र्तगत उत्पादन क्षमता २५ मेगावाटको हुनेछ र पछि दोस्रो चरणमा यसलाई ४० मेगावाटमा अपग्रेड गरिनेछ। दोस्रो चरणमा हानापु खोला र नाप्के खोलाको उत्पादनलाई समावेश गरिनेछ। 

केयर रेटिङ

ग्रिनलाइफको प्रस्तावित आईपीओ निष्कासनलाई केयर रेटिङ नेपालले “केयर–एनपी आईपीओ ग्रेड ४” ग्रेडिङ दिएको छ। यसले कम्पनीको अवस्था औसत आधारभूतभन्दा तल रहेको जनाउँदछ। 

 


Share this with your friends: