काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले कुशेऔँसी तथा हरितालिका तीजको अवसरमा आफ्ना ग्राहकलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ।
मोबाइल बैंकिङ एप्लिकेसन, क्यूआर पेमेन्ट एव्म डेबिट तथा क्रेडिट कार्डको प्रयोगलाई बढावा दिनका लागि बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको हो। यस क्यासब्याक योजनाअन्तर्गत भदौ २१ र कुशेऔँशीको दिन २२ गते बुबाके लागि कुनै पनि उपहारको खरिदमा ‘गिफ्ट गु फादर’ लेखी क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत (रु ३०० सम्म) क्यासब्याक पाइने बैंकले जनाएको छ।
यसैगरी भदौ २३ गते फुडमान्डुबाट खानेकुरा अर्डर गर्दा ग्लोबल आइएमई बैंकको डेबिटरक्रेडिट कार्डको प्रयोग गरी अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशत (रु ५०० सम्म) क्यासब्याक फिर्ता पाइने बैंकले जनाएको छ।
क्यासब्याक योजनालाई तीज विशेष बनाउन बैंकले महिलाहरुलाई ग्राह्यता दिने भएको छ। ग्लोबल आइएमई बैंकमा ‘नारी बचत’ तथा ‘नारी शक्ति बचत’ खाता रहेका महिलाहरुले डेबिट कार्डको प्रयोग गरी पीएसओरईकम मार्फत रु ३ हजार वा सोभन्दा बढीको भुक्तानीमा रु ३०० क्यासब्याक फिर्ता पाउनेछन्। महिला ग्राहकलाई लक्षित यो योजना भदौ १६ देखि ३१ गतेसम्म चल्नेछ। आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजना ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ।
ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८० शाखा, २४८ एटीएम, २५७ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।