ग्लोबल आइएमई लघुवित्तको निमित्त सीईओ र कम्पनी सचिवमा जोशी नियुक्त

2021-01-01
ग्लोबल आइएमई लघुवित्तको निमित्त सीईओ र कम्पनी सचिवमा जोशी नियुक्त

काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा हरिकृष्ण जोशी नियुक्त भएका छन्। कम्पनीको पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई कम्पनीको निमित्त सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। 

संस्थाका निवर्तमान सीईओ किरण कुवँरको पदावधि पुस १६ गते समाप्त भई अवकास हुने भएकाले पुस १७ गतेदेखि लागू हुने गरी अर्काे व्यवस्था नभएसम्मका लागि हरिकृष्ण जोशीलाई कम्पनीको सीईओ पदको जिम्मेवारी दिईएको कम्पनीले जनाएको छ। 

यसका साथै सञ्चालक समितिको बैठकले पुस १६ गतेदेखि लागू हुने गरी कम्पनी सचिवमा समेत हरिकृष्ण जोशीलाई नै नियुक्त गरिएको जनाएको छ।  

 


Share this with your friends: