काठमाण्डौ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १४ औँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी पुस ९ गते काठमाण्डौ सोल्टीमोडमा रहेको हायात प्यालेसमा दिउँसो ४ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव गरिएको लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यस्तै लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव सेमत पारित गरिनेछ ।