घट्दो बजारमा लघुवित्त कम्पनीको सेयरमूल्यमा उछाल, बीमातर्फ दुवै समूहमा गिरावट

2020-12-16
घट्दो बजारमा लघुवित्त कम्पनीको सेयरमूल्यमा उछाल, बीमातर्फ दुवै समूहमा गिरावट

काठमाण्डौ । आज दुवै बीमा समूहमा गिरावट आएको छ। आज जीवन बीमा समूह १६०.८५ अंकले ओरालो लाग्दै १३५३२.३६ को बिन्दुमा सीमित बन्यो। 

निर्जीवन बीमा समूह पनि आज १३८.४२ अंकले घट्दै ९७९९.०४ को बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

त्यस्तै सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनी रहे। बीमातर्फ आज शिखर इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। शिखर इन्स्योरेन्सको सेयरमूल्य ३.३३ अंकले घट्दै प्रतिकित्ता १७४० रुपैयाँ कायम भयो भने नेपाल पुनर्बीमाको सेयरमूल्य २.६४ अंकले घट्दै प्रतिकित्ता १५८४ रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

अघिल्लो दिन ५.७५ अंकको करेक्सन आएको नेप्से परिसूचकमा आज पनि करेक्सन आएको छ। आज नेप्से परिसूचक ६.२० अंकले घट्दै २०५५.२२ को बिन्दुमा सीमित बन्यो। यो दिन बजारमा १९९ कम्पनीका १ करोड ५ लाख ५८ हजार ३९१ कित्ता सेयर ५ अर्ब १४ करोड ४६ लाख ७५ हजार ५७८ रुपैयाँमा किनबेच भयो। 
आज ७ वटा समूहमा हरियाली छायो भने अन्य ५ वटा समूहमा भने रातो पोतियो। बैंकिङ समूह ०.९५ अंकले बढेको आज व्यापार २४.१६, होटल ७.२७, विकास बैंक ९.६, उत्पादन तथा प्रशोधन २०.७२, लघुवित्त ७६.५७, ० अंकले बढे। 

आज हाइड्रोपावर २४.३६ अंकले घट्यो भने वित्त २.१ र अन्य २६.०२ अंकले घटे। 

आज ७ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढ्दै पोजेटिभ सक्रिट लाग्यो। आज माहुली लघुवित्तको सेयरमूल्य १० प्रतिशत चिलिमे हाइड्रोपावर, समिट लघुवित्त ९.९९, नारायणी डेभलपमेन्ट बैंक ९.९८, आरएमडिसी लघुवित्त ९.९५, माउन्टेन इनर्जी ९.८८ र सूर्योदय लघुवित्तको सेयरमूल्य ९.८८ प्रतिशतले बढ्यो। 

एनएमबी ५० का इकाइधनीहरुले धेरै गुमाए। यो योजनाको इकाइमूल्यमा ४ प्रतिशत बढीको गिरावट आयो। 

आज एनसीसी बैंकको सर्वाधिक ३९ करोड ४३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको ३१ करोड ९१ लाख रुपैयाँ बढीको कारोबार भएको यो दिन नेपाल पुनर्बीमा कम्पनीको २४ करोड ३९ लाख रुपैयाँ, नबिल बैंकको १८ करोड ४८ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको १४ करोड ७६ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १३ करोड ९ लाख रुपैयाँ, ानेपाल इन्भेस्टमेन्ट बैंकको १२ करोड ९७ लाख रुपैयाँ, आरएमडीसी लघुवित्तको १२ करोड १३ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ११ करोड ३९ लाख रुपैयाँ र नेपाल बैंकको ११ करोड २७ लाख रुपैयाँबराबरको कारोबार भयो।  

 


Share this with your friends: