काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले सातौँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी वैशाख २३ गते काठमाण्डौ पक्नाजोलमा रहेको होटल मुनलाईटमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व २०७६÷७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरीश्र पारित गरिनुका साथै आ.व २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।
वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी वैशाख १६ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।