घलेम्दी हाइड्रोद्वारा वार्षिक साधारण सभा आह्वान

2021-12-09
घलेम्दी हाइड्रोद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले आठौँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आगामी पुस १६ गते नयाँ बजार काठमाण्डौमा रहेको सासा ब्यांक्वेटमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ।व २०७७र७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको आ।व २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरीश्र पारित गरिनुका साथै आ।व २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ। 

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी पुस ५  गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।   


Share this with your friends: