काठमाण्डौ । कन्चनपुरमा मुख्य कार्यालय रहेको घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का गरिएको छ।
घोडीघोडा लघुवित्त र युनिक नेपाल लघुवित्त एक आपसमा गाभिन लागेकाले संस्थाको सेयर कारोबार रोक्का गरिएको हो। संस्थाको सेयर कारोकार २३ गतेबाट लागु हुने गरी रोक्का गरिएको छ। बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने÷गाभिने(मर्जर) तथा(एक्विजीसन) सम्बन्धि नियमावली, २०७३ को विनियम ६(१) बमोजिम घोडीघोडा लघुवित्तको सेयर कारोकार रोक्का गरिएको नेप्सेमा प्रकाशित सूचनामा उल्लेख छ।
हाल युनिक नेपालको चुक्ता पूँजी। ६ करोड ३० लाख रहेको छ भने घोडीघोडाको चुक्ता पुँजी २ करोड ७६ लाख २५ हजार रहेको छ । युनिक नेपालले हालसम्म आईपिओ निष्काशन गरेको छैन । अब मर्जरपछि बन्ने लघुवित्तले संस्थापक र सर्बसाधारणको शेयर स्वामित्व मिलाउन एफपिओ जारी गर्ने छ ।