काठमाण्डौ । ङादी गुप्र पावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको साउन ३२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ८ औँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । यस्तै बोनस सेयरपश्चात कायम हुने चुक्तापूँजी ७० करोड ६९ लाख ३२ हजार ३६० रुपैयाँको २०० प्रतिशत(१ः२ )को अनुपातमा हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
कम्पनीले बझाङ अपर सेति हाइड्रोपावर प्रोजेक्ट ७०.४० मेगावाटको प्रगति विवरण सम्बन्धि जानकारी गराउने र आवश्यक थप आवश्यक कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरिनेछ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरणहरु छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
वार्षिक साधारण सभा लाभांस वितरण प्रयोजनका लागि कम्पनीले आगामी भदौ १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।