काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले २५ औँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी पुस २३ गते शुक्रबारका दिन काण्माण्डौ महाराजगन्जमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा गत आर्थिक वर्ष २०७७/७८ का लागि ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांस गरी कुल १५ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी पुस १५ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।