काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। संस्थाको हिजो बुधबार साँझ बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको हो ।
बैठकले चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँको कुल २९ प्रतिशतले हुन आउने ४३ करोड ५० लाख रुपैयाँबराबरको लाभांश वितरणको प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा २२ प्रतिशतले हुन आउने ३३ करोड रुपैयाँबराबरको बोनस सेयर र ७ प्रतिशतले हुन आउने १० करोड ५० लाख रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेका छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरिने छ ।