छिमेक लघुवित्तद्वारा ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान

2021-06-11
छिमेक लघुवित्तद्वारा ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना महामारीबीच अग्रपंक्तिमा खटिने ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। 

संस्थाले यस महामारीबाट बच्नका लागि ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ। संस्थाले सामाजिक उत्तरदायित्व कोषबाट उपलब्ध गराएको स्वास्थ्य सामग्री महानगरी ट्राफिक प्रहरी महाशाखालाई प्रदान गरेको छ।

ती स्वास्थ्य सामग्री संस्थाका नायब महाप्रबन्धक दीपकनिधि तिवारीले महाशाखा प्रमुख एसपी जनक भट्टराई हस्तान्तरण गरेका थिए। 


Share this with your friends: