छिमेक लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, लाभांस वितरणको प्रस्ताव पारित गरिने

2021-12-13
छिमेक लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, लाभांस वितरणको प्रस्ताव पारित गरिने

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले २० औँ वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी पुस २३ गते शुक्रबारका दिन बिहान ११ बजे मकवानपुरको हेटौडास्थित होटल सामनामा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित २७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांस(कर प्योजनका लागि)वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 
सभामा एक वा एकभन्दा बढी उपयुक्त लघुवित्तहरुलाई प्राप्ति÷मर्जर गर्न उपयुक्त देखिएमा सो सम्बन्धमा सम्पूर्ण कार्या गर्न समझदारीपत्रमा हस्ताक्षर गर्ने लगायतका सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाइ पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।  

सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

यसैगरी सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिध्तिव गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ । 

साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि संस्थाले आगामी पुस ७ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।  


Share this with your friends: