काठमाण्डौ । छ्याङदी हाईड्रोपावर लिमिटेडले आगामी माघ ११ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले विद्यमान चुक्तापूँजी २९ करोड ७६ लाख ७५ हजार रुपैयाँको १०ः३ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका ८ लाख ९३ हजार ०२५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
हकप्रद निष्कासनका लागि कम्पनीले पुस २१ गते एक दिनका लागि बुक क्लोज गरेकाले पुस २० गतेसम्म कायम सेयरधनीहहरु मात्रै यो हकप्रदका लागि योग्य हुनेछन् । हकप्रद निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा रहेको छ। हकप्रद निष्कासन आगामी फागुन २ गते बन्द हुनेछ । लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल नक्साल काठमाण्डौ ग्लोबल आइएमई बैंक बेसीसशहर,सुन्दरबजार,मिलनचोक,भोर्लेटार,सिउडीबजार,उदिपूर,दोर्दी शाखा लम्जुङ र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।
बैंकले नेपाल धितोपत्र बोर्ड९सेबोन०बाट गत मंसिर ३ गते हकप्रद निष्कासनका लागि अनुमति पाएको थियो ।