छ्याङदी हाईड्रोपावरको हकप्रद निष्कासन आजदेखि

2022-01-25
छ्याङदी हाईड्रोपावरको हकप्रद निष्कासन आजदेखि

काठमाण्डौ । छ्याङदी हाईड्रोपावर लिमिटेडले आज(माघ ११ गते)देखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले विद्यमान चुक्तापूँजी २९ करोड ७६ लाख ७५ हजार रुपैयाँको १०ः३ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका ८ लाख ९३ हजार ०२५ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

हकप्रद निष्कासनका लागि कम्पनीले पुस २१ गते एक दिनका लागि बुक क्लोज गरेकाले पुस २० गतेसम्म कायम सेयरधनीहहरु मात्रै यो हकप्रदका लागि योग्य हुनेछन् । हकप्रद निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा रहेको छ। हकप्रद निष्कासन आगामी फागुन २ गते बन्द हुनेछ । लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल नक्साल काठमाण्डौ ग्लोबल आइएमई बैंक  बेसीसशहर,सुन्दरबजार,मिलनचोक,भोर्लेटार,सिउडीबजार,उदिपूर,दोर्दी शाखा लम्जुङ र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।   

बैंकले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट गत मंसिर ३ गते हकप्रद निष्कासनका लागि अनुमति पाएको थियो । 


Share this with your friends: