काठमाण्डौ । छ्याङदी हाइड्रोपावर लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड गरिएको छ । कम्पनीले गत चैत १ गतेदेखि ९ गतेसम्म लिलामीमा राखेको ५९ हजार ८२७ कित्ता अवितरित अवितरित हकप्रद सेयर चैत २२ गते बाँडफाँड गरेको हो ।
बाँडफाँडमा नपरेको सेयरबापतको रकम चैत २४ गतेदेखि बोलपत्रवालाले आफ्नो बोलपत्र फाराममा उल्लेख गरेको बैंक खातामा रकमान्तर गरिने कम्पनीले जनाएको छ ।