काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको वैशाख ६ गते बसेको सञ्चालक समितिको बैठकले दशौँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी वैशाख ३० गते बिहिबारका दिन रुपन्देही जिल्लाको बुटवलमा रहेको होटल न्यू ईरामा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित ४९.४० प्रतिशत बोनस सेयर र २.६० प्रतिशत नगद लाभांस गरी कुल ५२ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। प्रस्तावित लाभांसमा आ.व २०७६/७७ को असार मसान्तमा कायम रहेको ७ करोड ९२ लाख रुपैयाँ को ४९.४० प्रतिशतले हुन आउने ३ करोड ९१ लाख २४ हजार ८ सय रुपैयाँ बराबरको बोनस सेयर र २.६० प्रतिशतले हुन आउने २० लाख ५९ हजार २ सय रुपैयाँ बराबरको नगद लाभांस रहेका छन्।
यसका साथै सभामा संस्थाको अधिकृत पूँजी १५ करोडबाट वृद्धि गरी ५० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पारित गरिनेछ। सभामा संस्थाले एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने तथा प्राप्ति÷समाहित गर्ने प्रयोजनका लाष् िउपयुक्त लघुवित्तको पहिचान तथा अन्य सम्पूर्ण आवश्यक कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आ.व २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसका साथै २०७७ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, इक्वीटीमा भएको परिवर्तन र नगद प्रवाह विवरण तथा सम्बन्धीत अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनेछ। यस्तै आ.व २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।
लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी वैशाख २३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ वैशाख २२ गतेसम्म कायमा सेयरधनीहरु मात्रै संस्थाद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न तथा वार्षिक साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।