काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले जनकपुर लघुवित्तलाई प्राप्ति गरेर असोज २५ गतेबाट एकिकृत कारोबारको थालनी गर्ने भएको छ।
प्राप्ति प्रक्रिया पश्चात एकिकृत कारोबार स्वरोजगार लघुवित्त वित्तीय संस्थाकै नामबाट हुनेछ। यि दुई लघुवित्तले गत साउन १० गते छुट्टाछुट्टै विशेष साधारणसभा डाकेर यो प्राप्ति प्रक्रियालाई टुंगो लगाएका थिए।
यस्तै असोज २ गते नेपाल राष्ट्र बैंकबाट प्राप्ति प्रक्रियाको अन्तिम स्वीकृति पाएका थिए।
कम्पनी रजिस्ट्रारको कार्यालयबाट पनि हिजो असोज १९ गते अन्तिम स्वीकृति पाएपछि स्वरोजगार लघुवित्तले एकीकृत कारोबारको मिति टुंगो लगाएको हो।
स्वरोजगार लघुवित्तको केन्द्विय कार्यालय पुरानै ठेगानामा अर्थात काभ्रेको बनेपा नगरपालिका ५ मै रहनेछ।
यसअघि स्वरोजगार लघुवित्तको बनेपा र जनकपुर लघुवित्तको धनुषाका जनकपुर–४ मा केन्द्रीय कार्यालय रहेका थिए।
एकीकृत कारोबार सुरु हुने दिन संस्था सम्पूर्ण कार्यालयहरुबाट कार्य सञ्चालन बन्द हुने संस्थाद्वारा मंगलबार जारी सूचनामा उल्लेख छ।