जापानको चन्द्र अन्वेषणमा बीमा कम्पनीको सहभागिता, उठ्यो २८ मिलियन डलर

2020-08-21
जापानको चन्द्र अन्वेषणमा बीमा कम्पनीको सहभागिता, उठ्यो २८ मिलियन डलर

काठमाण्डौ । चन्द्रमामा सर्वसाधारणलाई लैजानका लागि अन्तरिक्ष यानको विकास गरिरहेको जापानको आईस्पेस नामक चन्द्रमा अन्वेषण कम्पनीले बी सीरीज लगानी राउण्डका लागि चारवटा संस्थाबाट २८ मिलियन डलर उठाएको छ। 

चन्द्रमामा निजि क्षेत्रका लागि उनीहरुको व्यवसाय ल्याउनका लागि प्रवेशद्धार हुन चाहेको कम्पनीले चन्द्र सतहमा व्यवसाय स्थापना गर्न चाहनेहरुलाई सूचना प्रदान गर्न चन्द्र  डेटा व्यवसाय पनि विकास गर्देछ। 

आई स्पेसलाई समर्थन गर्ने मध्य एउटा बीमा कम्पनी पनि रहेको छ। जोे चन्द्र समुदायमा सम्मिलित हुन चाहने व्यवसायहरुलाई सुरक्षा प्रदान गर्न चन् द्र बीमा प्रस्ताव गर्ने योजनामा छ। 

अग्रेणी लगानीकर्ता आईएफ एसपिभि फस्ट इन्भेस्टमेन्ट पार्टनरशिपको साथमा २८ मिलियन राउण्डको लगानीकर्तामा मित्सुई सुमितोमो इन्स्योरेन्स कम्पनी, स्पेस फ्रन्टीयर फण्ड र ताकासागो थर्मल इन्जीनियरिङ कम्पनी समावेश छन्। 

सिरिज बी राउण्डले आई स्पेसको कुल लगानी करीब १२५ मिलियन डलर पुगेको छ। 

कम्पनीले आफ्नो पहिलो मिसन सन् २०२२ र दोस्रो मिसन सन् २०२३ का लागि आफ्नो व्यवसायिक चन्द्र ल्याण्डरको विकासका लागि कोषको उपयोग गर्ने योजना बनाइरहेको छ। यसका साथै कम्पनीले उक्त कोषलाई आफ्नो तेस्रो मिसन र त्यसको आकार बढाउनका लागि पनि प्रयोग गर्नेछ। 

मित्सुई सुमितोमो इन्स्योरेन्स, आईस्पेसको सिरिज बी राउण्डमा लगानीकर्ता हुनुका साथै हाकुतो आर कार्यक्रमको कर्पाेरेट पार्टनर समेत हो। यो बीमा कम्पनीले चन्द्रमामा भविष्यको व्यवासायिक जोखिमलाई सर्मथन गर्नका लागि चन्द्र बीमा डिजाइन गरिरहेको छ।  

मित्सुई सुमितोमो इन्स्योरेन्सका वरिष्ठ कार्यकारी प्रमुख इसाओ नोजोले आफ्नो कम्पनीको चन्द्र बीमाको विकासलाई लगानीको अलावा आईस्पेसको मिसनलाई सहायता प्रदान गर्ने कार्यका रुपमा लिएका बताएका छन्। 

कम्पनीले चन्द्र सतहमा अझै पनि धेरैजसो तत्वहरु अपरिचित अवस्थामा रहेकाले यससंग जोडिएको नयाँ जोखिमलाई कभर गर्नका लागि कम्पनीले आईस्पेस संग सहकार्य गर्न लागेको जनाएको छ। 

आईस्पेसका हाकामाडाले चन्द्र बीमाको घोषणा गर्दे भने, चन्द्र बीमा अन्वेषणको उपलब्धताले यसमा सहभागि हुन चाहने अन्य नयाँ खेलाडिलाई हौसला प्रदान गर्ने छ।     
  

 


Share this with your friends: