जीवन बीमा र बैंकिङमा उछाल, इन्डेक्स र टर्नओभरमा कीर्तिमान

2020-11-29
जीवन बीमा र बैंकिङमा उछाल, इन्डेक्स र टर्नओभरमा कीर्तिमान

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज जीवन बीमा समूहमा उछाल आएको छ। आज जीवन बीमा समूह २४५.७५ अंकले उकालो लाग्दै ११२१६.०३ को उचाईमा पुग्यो। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै वृद्धि जीवन बीमा समूहमा भयो। 

जीवन बीमा समूहमा उछाल आएपनि आज निर्जीवन बीमा समूहमा भने गिरावट आयो। आज निर्जीवन बीमा समूह ४५.५५ अंकले घट्दै ९६७५.१५ को बिन्दुमा सीमित बन्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै बीमा कम्पनी परेनन्। 

त्यस्तै सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको रुपमा एउटा मात्रै बीमा कम्पनीको रुपमा अजोड इन्स्योरेन्स कम्पनी रह्यो। आज यो कम्पनीको सेयरमूल्य २.८६ प्रतिशतले घट्दै प्रतिकित्ता ६८० रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ? 

आज नेप्से परिसूचक(इन्डेक्स) नयाँ उचाईमा पुग्यो। नेप्से परिसूचक ७५.०२ अंकको उछालका साथ १९६८.२७ को उचाईमा पुग्यो। गत साता मात्रै अहिले सम्मकै उच्च बिन्दु पार गरेको नेप्से परिसूचकले आज पनि नयाँ उचाई हासिल गरेको छ। यो दिन बजारमा २ सय कम्पनीका २ करोड ५९ लाख ४५ हजार ३८० कित्ता सेयर ९ अर्ब २२ करोड ७३ लाख ४८ हजार ३४८ रुपैयाँमा किनबेच भयो। आजको कारोबार रकम(टर्नओभर) हाल सम्मकै सर्वाधिक हो।  

आज बजारमा ४ वटा समूह बाहेक अन्य सबै समूहमा हरियाली छायो।  

आज बैंकिङ समूह ११२.३२ अंकले बढ्यो। यस्तै विकास बैंक समूह १७३.८४, हाइड्रोपावर २६.६६, वित्त १२.२७, अन्य ०.२५, लघुवित्त २७.७५ र म्युचुअल फन्ड ०.०५ अंकले बढे। 

आज व्यापार समूह ३५.३७, होटल ७.६८ र उत्पादन तथा प्रशोधन ३७.२७ अंकले घटे। 

आज १८ वटा कम्पनीका सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। तीमध्ये अधिकांश बैंक छन्। यो दिन ग्रिन डेभलपमेन्ट बैंक, सेन्चुरी कमर्सियल बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको सेयरमूल्य १० प्रतिशतले बढ्यो । यस्तै सनराइज बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, महालक्ष्मी विकास बैंक, प्रभु बैंक, गरिमा विकास बैंक, कुमार बैंक, ग्लोबल आईएमई बैंक, लक्ष्मी बैंक, हिमालयन बैंक, सिटिजन्स इन्टरनेसनल बैंक, एनसीसी बैंक र सिभिल बैंकको सेयरमूल्य पनि १० प्रतिशतको हाराहारीमा वृद्धि भएको छ।

आज लुम्बिनी विकास बैंक, ज्योति विकास बैंक  मितेरी बैंकको सेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले वृद्धि भएका छन
यो दिन विशाल बजार कम्पनीका सेयरधनीहरुले धेरै गुमाएका छन्। यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ। 

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ५१ करोड ७९ लाख रुपैयाँबराबरको कारोबार भएको छ। कुमारी बैंकको ४० करोड ८० लाख रुपैयाँ बढीको कारोबार भएको यो दिन नबिल बैंकको ३३ करोड ५६ लाख रुपैयाँ, प्रभु बैंकको ३३ करोड १९ लाख रुपैयाँ, नेपाल बैंकको ३२ करोड ४५ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको २७ करोड ९५ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २६ करोड ३९ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको २३ करोड ९८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २३ करोड ८९ लाख रुपैयाँ र नेपाल टेलिकमको २३ करोड ७८ लाख रुपैयाँबराबरको कारोबार भएका छन्। 

 


Share this with your friends: