जीवन बीमा कम्पनीहरुको खुद बीमाशुल्क आर्जन १ खर्ब बढी, कुनको कति ?

2021-08-19
जीवन बीमा कम्पनीहरुको खुद बीमाशुल्क आर्जन १ खर्ब बढी, कुनको कति ?

काठमाण्डौ । देशमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७७÷७८ मा १ खर्ब बढी बीमाशुल्क आर्जन गरेका छन्। गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुले १ खर्ब १८ अर्ब ७१ करोड २८ लाख ४० हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन्। जीवन बीमा कम्पनीहरुले आर्जन गरेको यो खुद बीमाशुल्क अघिल्लो आर्थिक वर्षको तुलनामा २९.४५ प्रतिशतले बढी हो। आर्थिक वर्ष २०७६/७७ मा जीवन बीमा कम्पनीले ९१ अर्ब ७० करोड १६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका थिए। 

गत आर्थिक वर्षमा सबैभन्दा धेरै खुद बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीले यो अवधिसम्ममा ३१ अर्ब ९६ करोड ९३ लाख ८९ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। खुद बीमाशुल्क आर्जनका आधारमा एलआईसी नेपाल दोस्रो स्थानमा रहेको छ। कम्पनीले गत आर्थिक वर्षमा १७ अर्ब ४ करोड ९० लाख १७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। तेस्रो स्थानमा रहेको नेशनल लाइफले १२ अर्ब ११ करोड ७३ लाख ११ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। ७ अर्ब ५८ करोड १३ लाख १८ हजार रुपैयाँ आर्जन गर्दै राष्ट्रिय बीमा संस्थान चौथो स्थानमा रहेको छ। 

सूचीको पाचौँ स्थानमा रहेको यूनियन लाइफले ६ अर्ब ५८ करोड ७८ लाख ३ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। 

यस्तै एशियन लाइफले ५ अर्ब ८० करोड ३६ लाख, मेट लाइफ ४ अर्ब ८३ करोड ३० लाख, सूर्या लाइफ ४ अर्ब १८ करोड २० लाख, प्राइम लाइफ ३ अर्ब ९८ करोड ४० लाख, गुराँस लाइफ ३ अर्ब ६३ करोड ६८ लाख, सिटिजन लाइफ ३ अर्ब ४३ करोड ९० लाख, ज्योति लाइफ ३ अर्ब १० लाख, रिलायबल नेपाल लाइफ २ अर्ब ९५ करोड ८९ लाख, आइएमई लाइफ २ अर्ब ७३ करोड २८ लाख, र रिलायन्स लाइफ इन्स्योरेन्सले २ अर्ब ५१ करोड ७७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेका छन्। 

१ अर्ब बढी बीमाशुल्क आर्जन गर्नेमा चारवटा कम्पनी रहेका छन्। सानिमा लाइफले १ अर्ब ९३ करोड ५९ लाख, सन नेपाल लाइफ १ अर्ब ९० करोड १३ लाख, प्रभु लाइफ १ अर्ब ४० करोड र महालक्ष्मी लाइफले १ अर्ब ८ करोड ११ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएका छन्। 

कसको वृद्धि दर कति ?

गत आर्थिक वर्ष सानिमा लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन सबैभन्दा धेरै वृद्धि भयो। समिक्षा अवधिमा कम्पनीको बीमाशुल्क आर्जन अघिल्लो आर्थिक वर्षको तुलनामा १३३.४४ प्रतिशतले वृद्धि भयो। गत आर्थिक वर्ष कम्पनीले  १ अर्ब ९३ करोड ५४ लाख ५८ हजार ७२१ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आ।व  कम्पनीले ८२ करोड ९३ लाख १३ हजार ०८५ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै आइएमई लाइफ इन्स्योरेन्सको खुुद बीमाशुल्क आर्जन ९९.३१ प्रतिशतले वृद्धि भएको छ। वृद्धिदरका आधारमा तेस्रो स्थानमा रहेको रिलायबल नेपाल लाइफको बीमाशुल्क आर्जन ८८.०१ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै रिलायन्स लाइफको बीमाशुल्क आर्जन ८३.९०, सिटिजन लाइफ ८१.०४, सन नेपाल लाइफ ७७.०५, ज्योति लाइफ ६५.६७, गुराँस लाइफ ६५.१८, सूर्या लाइफ ४६.९७, यूनियन ४५.५२, नेशनल लाइफ ३२.९५, एशियन लाइफ २७.८१, महालक्ष्मी लाइफ ६५.७६, प्राइम लाइफ २२.२१, प्रभु लाइफ २०.७८, मेट लाइफ २०.३३, नेपाल लाइफ १६.९३, एलआईसी १४.९० र राष्ट्रिय बीमा संस्थानको खुद बीमाशुल्क आर्जन ७.३२ प्रतिशतले वृद्धि भयो। 

 


Share this with your friends: