जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको आकार २८.९६%ले वृद्धि, कुनको कति ?

2021-08-20
जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको आकार २८.९६%ले वृद्धि, कुनको कति ?

काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ मा जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको आकार २८.९६ प्रतिशतले वृद्धि भएको छ। समिक्षा अवधिमा सञ्चालनमा रहेका १९ वटा जीवन कम्पनीहरुको जीवन बीमा कोषको आकार ३ खर्ब ५१ अर्ब ३७ करोड ३७ लाख ७६ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष बीमा कम्पनीहरुको जीवन बीमा कोषको आकार २ खर्ब ७२ अर्ब ४४ करोड ६६ लाख ९७ हजार रुपैयाँबराबरको थियो। 

आर्थिक वर्ष २०७७/७८ मा नेपाल लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषको आकार सबैभन्दा ठूलो रहेको छ। यो अवधिसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार १ खर्ब १२ अर्ब ५१ करोड २९ लाख ३४ हजार रुपैयाँको पुगेको छ। २०७७ असारसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार ८७ अर्ब २ करोड ६० लाख ७ हजार रुपैयाँबराबरको थियो। यसरी आ.व २०७७/७८ मा नेपाल लाइफको जीवन बीमा कोषको आकार अघिल्लो वर्षको तुलनामा २९.२९ प्रतिशतले वृद्धि भएको छ। 

सूचीको दोस्रो स्थानमा एलआईसी नेपाल रहेको छ। २०७८ असारसम्ममा कम्पनीले आफ्नो जीवन बीमा कोषको आकार ८१ अर्ब ६ करोड ९९ लाख ५२ हजार रुपैयाँ पुर्याएको छ। यो रकम अघिल्लो वर्षको तुलनामा १९.९७ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्ष कम्पनीको जीवन बीमा कोषको आकार ६७ अर्ब ७० करोड १४ लाख ५९ हजार रुपैयाँको थियो। 

समिक्षा अवधिमा नेशनल लाइफले जीवन बीमा कोषको आकार ४२ अर्ब ४२ करोड ४२ लाख ४७ हजार रुपैयाँ पुर्याउँदै सूचीको तेस्रो स्थानमा रहेको छ। अघिल्लो वर्ष कम्पनीको जीवन बीमा कोषको आकार ३३ अर्ब ७२ करोड १६ लाख १० हजार रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समिक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार २५.८१ प्रतिशतले वृद्धि भएको छ। 

यस्तै एशियन लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषको आकार २६ अर्ब ४८ करोड ७७ लाख २० हजार, मेट लाइफ १९ अर्ब ३० करोड ९९ लाख २५ हजार, प्राइम लाइफ १४ अर्ब ६९ लाख ५७ लाख ५४ हजार, सूर्या लाइफ १० अर्ब ६६ करोड १० लाख २३ हजार र गुराँस लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषको आकार १० अर्ब ५९ करोड ३९ लाख २१ हजार रुपैयाँको उचाईमा पुगेको छ। 

यसैगरी यूनियन लाइफले जीवन बीमा कोषको आकार ७ अर्ब ६५ करोड ९४ लाख १५ हजार रुपैयाँ पुर्याउन सफल भएको छ भने ज्योति लाइफ ३ अर्ब ९८ करोड ८८ लाख १ हजार, सिटिजन लाइफ ३ अर्ब ५७ करोड ८ लाख ७९ हजार, आइएमई लाइफ २ अर्ब ९७ करोड २९ लाख ६४ हजार, रिलायन्स लाइफ २ अर्ब ६३ करोड ७ लाख ५० हजार, रिलायबल नेपाल लाइफ २ अर्ब ५८ करोड ५१ लाख ५४ हजार, राष्ट्रिय बीमा संस्थान, २ अर्ब ४३ करोड १ लाख ८० हजार, सन नेपाल लाइफ २ अर्ब ३९ करोड १२ लाख ३८ हजार, सानिमा लाइफ २ अर्ब १० करोड २० लाख ३७ हजार, प्रभु लाइफ १ अर्ब ९४ करोड ७ लाख ५६ हजार र महालक्ष्मी लाइफले कोषको आकार १ अर्ब ३४ करोड ६१ लाख २६ हजार रुपैयाँ पुर्याउन सफल भएका छन्। 

कसको वृद्धि दर कति ?

आर्थिक वर्ष २०७७÷७८ मा रिलायन्स लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषको आकार भन्दा धेरै वृद्धि भएको छ। यो अवधिमा कम्पनीले आफ्नो कोषको आकार १२९.३४ प्रतिशतले बढाउन सफल भएको छ। यस्तै सानिमा लाइफको कोषको आकार १२१.०६ प्रतिशतले वृद्धि भएको छ। वृद्धि दरका आधारमा कम्पनीले दोस्रो स्थानमा रहेको छ। 

जीवन बीमा कोषको आकार १२०.८८ प्रतिशतले बढाउँदै रिलायबल नेपाल लाइफ तेस्रो स्थानमा रहेको छ। यसैगरी सिटिजन लाइफले ११७.८३, ज्योति लाइफ ११४.१९, आइएमई लाइफ १०३.१९, सन नेपाल लाइफ ९०.४९, प्रभु लाइफ ८५.९७, यूनियन लाइफ ७५.३२, महालक्ष्मी लाइफ ६६.०४, सूर्या लाइफ ४३.५३, गुराँस लाइफ ३८.२९, नेपाल लाइफ २९.२९, प्राइम २८.०५, नेशनल लाइफ २५.८१, एशियन लाइफ २२.५७, एलआईसी १९.७५, मेट लाइफ ८.११ र राष्ट्रिय बीमा संस्थानले ८.०१ प्रतिशतले जीवन बीमा कोषको आकार बढाउन सफल भएका छन्।  

 


Share this with your friends: