जीवन बीमा कम्पनीहरुद्वारा ५७.७९ अर्ब बीमाशुल्क आर्जन, कसको कति ?

2021-12-26
जीवन बीमा कम्पनीहरुद्वारा ५७.७९ अर्ब बीमाशुल्क आर्जन, कसको कति ?

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा ५७ अर्ब बढी बीमाशुल्क आर्जन गरेका छन् । नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले मंसिर महिनाको अन्त्यसम्ममा ५७ अर्ब ७९ करोड ५६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् । 

यो अवधिसम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको यो अवधिसम्ममा १५ अर्ब ४४ करोड ९९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । दोस्रो स्थानमा एलआईसी नेपाल रहेको छ । एलआईसी नेपालले ६ अर्ब ५८ करोड ८० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

तेस्रो स्थानमा रहेको राष्ट्रिय बीमा संस्थानले ५ अर्ब ६५ करोड १० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । ५ अर्ब ६४ करोड ७८ लाख रुपैयाँसहित नेशनल लाइफ चौथो स्थानमा रहेको छ । सबैभन्दा धेरै बीमुाशुल्क आर्जन गर्नेको सूचीमा युनियन लाइफ पाचौँ स्थानमा रहेको छ । कम्पनीले मंसिर महिनाको अन्त्यसम्ममा ३ अर्ब २२ करोड ७२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । 

त्यस्तै एशियन लाइफले २ अर्ब ७२ करोड ६२ लाख, मेट लाइफ २ अर्ब १९ करोड २१ लाख, सिटिजन लाइफ २ अर्ब ७ करोड,सूर्या लाइफ २ अर्ब १ करोड, प्राइम लाइफ १ अर्ब ९२ करोड, सन नेपाल १ अर्ब ६२ करोड, ज्याति लाइफ १ अर्ब ३५ करोड, गुराँस लाइफ १ अर्ब २९ करोड, रिलायबल नेपाल १ अर्ब २९ करोड, आइएमई लाइफ १ अर्ब २४ करोड, रिलायन्स लाइफ १ अर्ब १५ करोड, सानिमा लाइफ ९३ करोड ५१ लाख, प्रभु लाइफ ८५ करोड ४ लाख र महालक्ष्मी लाइफले ५४ करोड १ लाख बढीको बीमाशुल्क आर्जन गरेका छन् । 

 


Share this with your friends: