जीवन बीमा दाबी भुक्तानी पाउनका लागि के गर्नुपर्छ ? यस्तो छ व्यवस्था

2022-01-02
जीवन बीमा दाबी भुक्तानी पाउनका लागि के गर्नुपर्छ ? यस्तो छ व्यवस्था

काठमाण्डौ । जीवन बीमा जाखिम कम गराउने वा व्यवस्थापन गर्ने एउटा उपाय हो । जीवन बीमा निश्चित अवधिका लागि बीमा कम्पनी र व्यक्तिका बीच गरिएको एक प्रकारको आर्थिक सम्झौता हो । यसमा व्यक्तिले निश्चित समय, अवधि वा वष तोकि सम्झौता गर्छ र सम्झौता गर्ने व्यक्तिले आफु वा आफ्ना प्रतिनिधि मार्फत बीमा कम्पनीका सीमा वा शर्तहरुर्का  अधीनमा रही कार्य गर्छन बीमा कम्पनीर्ल  आफ्नो शर्त अनुसारका कार्य पुरा गर्ने वाचा गर्दछ । 

जीवन बीमा कनु व्यक्ति वा निजका ै परिवारको आर्थिक सुरक्षाका लागि गरिन्छ । बीमाको अवधि सकिएपछि निजको बीमाले बीमा लेखमा तोकिएको रकम र उक्त अवधिमा प्राप्त हने अतिरिक्त रकम समेत एकमुष्ट रकम प्राप्त गर्न सक्नेछ । मानिसको जीवनमा अनेक प्रकारका विपत्ति आउँछन् । यी विपत्तीमध्ये सबैभन्दा ठलो विपत्ति मृत्यु हो । रोग व्याधि, दृघटना वा अन्य कुनै कारणले मानिसको अकाल मृत्यु हुनसक्छ । यस्तो अवस्थामा मृतकको परिवारलाई आर्थिक टेवादिने माध्यम बीमा बन्दछ । बीमा गरेको समयावधिभित्र बिमितको मृत्यु भएमा बिमितले इच्छाएको व्यक्ति वा कानुनले नजिकको हकदार ठह¥याएको व्यक्ति÷व्यक्तिहरुलाइ बीमालेखमा तोकिएको  बीमा रकम र उक्त अवधिसम्ममा आजन भएर्का  बोनस समेत जोडी बीमकल े एकमुुष्ट रकम प्रदान गर्दछ । 

जीवन बीमक (जीवन बीमा कम्पनी) ले जीवन बीमाको शुल्कको अन्तिम किस्ता भुक्तानी गरिसकेका बीमितका नाममा किस्ता भुक्तानी गरेको मितिले १५ दिनभित्र त्यस्तो बीमाको दाबी भुक्तानीका लागि चाहिने बीमालेख लगायतका कागजात समेत संलग्न राखी दाबी भुक्तानी लिन आउनका लागि भुक्तानी पूर्जी (डिस्चार्ज भौंचर) जारी गर्नुपर्दछ । बीमितले जीवन बीमाको दाबी भुक्तानीका लागि बीमालेख तथा अन्य कागजादतहरू र भुक्तानी पूर्जी समेत बीमक समक्ष पेश गरेमा बीमकले आवश्यक जाँचबूझ गरी जीवन बीमालेखको अवधि समाप्त भएको मितिले सात दिनभित्र जीवन बीमाको दाबी भुक्तानी दिनु पर्दछ । 

जीवन बीमालेखको अवधि समाप्त हुनुभन्दा अगाडि बीमितको मृत्यु भएमा निजले इच्छाएको व्यक्ति भए निजले र कसैलाई इच्छाएको नभए सबैभन्दा नजिकको हकवालाले त्यस्तो जीवन बीमाको रकम लिनका लागि देहायका विवरणहरू खुलाई दाबी भुक्तानी पाउनका लागि निवेदन दिनु पर्दछ ।
(क) दाबी सम्बन्धी विवरण,
(ख) बीमितको मृत्यु प्रमाणपत्र,
(ग) दुर्घटनाबाट बीमितको मृत्यु भएको र त्यस्तो जोखिम जीवन बीमामा समावेश भएको भए बीमितको मृत्युको कारण सम्बन्धमा सरकारी चिकित्सकद्वारा गरिएको शव परीक्षणको प्रतिवेदन र सो नभए प्रहरी प्रतिवेदन,
(घ) बीमितसँगको नाता प्रमाणपत्र,
(ङ) उमेर प्रमाणित नभएको अवस्थामा उमेर
प्रमाणित गर्ने कागजातहरू, (च) बीमा समितिद्वारा तोकिएका अन्य विवरणहरू ।

त्यसरी निवेदन प्राप्त भएपछि बीमकले जीवन बीमा दाबीका सम्बन्धमा पेश भएका कागजात समेतका विवरणहरू छानवीन गरी आवश्यक भए अन्य कुराहरू समेत बुझी आफूसमक्ष कागजातहरू प्राप्त भएको मितिले १५ दिनभित्र दायित्व निर्धारण गरी दाबी भुक्तानी लिन आउनका लागि निवेदकका नाममा भुक्तानी पूर्जी जारी गर्नु पर्दछ । यसरी जारी गरेको भुक्तानी पूर्जी जारी भएको मितिले १५ दिनभित्र बीमकले बीमाको दाबी रकम भुक्तानी गर्नु पर्दछ । 

बीमकले विवरणहरू छानवीन गर्दा दायित्व निर्धारण गरी बीमा दाबी भुक्तानी नपर्ने देखेमा सो को कारण खोली त्यसको लिखित जानकारी निवेदकलाई दिनु पर्दछ ।


Share this with your friends: