काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज(असार १५ गते) अन्तिम दिन रहेको छ । संस्थाले आम सर्वसाधारणका लागि गत असार ११ गतेदेखि १९ लाख कित्ता बढी आईपीओ निष्कासन गरेको थियो ।
संस्थाले जारी पूँजी ६० करोड ८४ लाख रुपैयाँको ३२.५० प्रतिशतले हुन आउने १९ करोड ७७ लाख ३० हजार रुपैयाँबराबरको रु. १०० रुपैयाँ अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण सेयर निष्कासन गरेको हो ।जारी पूँजीको ०.५ प्रतिशत अर्थात कुल निष्कासनमध्ये ३० हजार ४२० कित्ता हजार कित्ता कर्मचारीहरुका लागि र कुल निष्कासनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित राखि बाँकी १८ लाख ४८ हजार ०१५ कित्ता सेयर सर्वसाधारण का लागि जारी गरिएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ।
आईपीओ निष्कासनका लागि संस्थाले नेवाल धितोपत्र बोर्डबाट गत जेठ ३० गते अनुमति प्राप्त गरेको थियो ।