जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड आज, १८ लाख बढीको हात खाली हुने

2021-07-07
जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड आज, १८ लाख बढीको हात खाली हुने

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड आज हुने भएको छ ।  गत असार ११ गतेदेखि असार १५ गतेसम्म निष्कासन गरिएको संस्थाको आईपीओ बाँडफाँड आज हुन लागेको हो । 

उक्त बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बिहान ९ः३० बजे हुन लागेको हो । 

यो आईपीओमा २० लाख ४८ हजार ७  सय ६२  जना आवेदकबाट ३ करोड १२ लाख ६६ हजार २ सय ६० कित्ताको लागि आवेदन परेको छ । जुन मागभन्दा १६.९१ गुणा बढी हो । सेयर खरिदका लागि परेको अत्यधिक मागका कारण १८ लाख बढी आवेदकको हात खाली हुने छ । १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले आईपीओ प्राप्त गर्नेछन् ।  

संस्थाले गत असार ११ गतेदेखि असार १५ गतेसम्म कुल १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमा ३० हजार ४२० कित्ता कर्मचारीलाई र ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी १८ लाख ४८ हजार १५ कित्ता भने आम सर्वसाधारणका लागि निष्कासन गरिएको थियो । 

संस्थाले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट गत जेठ ३० गते आईपिओ निष्काशनको लागि अनुमति प्राप्त गरेको थियो । संस्थाको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 


Share this with your friends: